लेखेको ४० वर्षपछि गीत सार्वजनिक

नेपालभ्युज

लेखेको ४० वर्षपछि गीत सार्वजनिक

काठमाडौं ।  नेपाली सङ्गीतमा पप सम्राटका नामले परिचित कलाकार ओमविक्रम विष्टले ४० वर्षअघि लेखेर संगीत भरेको गीत आइतबार सार्वजनिक गरिएको छ ।

साथी शशी गुरुङका लागि ४० वर्षअघि लेखेर सङ्गीत भरेको गीत गुरुङकै स्वरमा रेकर्ड गरिएको हो । चर्चित पप गायक विष्टले गीत लेखन र सङ्गीत थोरै मात्र गरेका छन् । विष्टका अनुसार तीन महिनाअघि अमेरिकाको जर्जियामा उनले उक्त गीत लेखन तथा कम्पोज सम्पन्न गरेका थिए । मिर्गाैला रोगबाट पीडित भएपछि गायक विष्टको अमेरिकामै मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

वरिष्ठ पप गायक विष्टको उपस्थितिमा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक भिडियोलाई विजयराज भूर्तेलले निर्देशन गरेका हुन् । सोही कार्यक्रममा गायक शशी गुरुङको स्वरमा रहेको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा भूषण खरेलको शब्द र जेम्स प्रधानको संगीत रहेको छ । म्युजिक भिडियो जेम्स प्रधानले निर्देशन गरेका हुन् ।

६७ वर्षीय गायक शशी गुरुङ ४७ वर्षदेखि सङ्गीत क्षेत्रमा संलग्न छन् । उनले करिब एक सय गीत रेकर्ड गरिसकेका छन् । आफ्नो कार्य व्यस्तताका कारण उनी लामो समय संगीत क्षेत्रमा क्रियाशील हुन सकेनन् । सशस्त्र प्रहरीमा प्रहरी नायब उपरीक्षक पदबाट अवकाशपछि केही वर्ष विदेशमा बसेका उनी पुनःसङ्गीत क्षेत्रमा सक्रिय भएका हुन् ।

वरिष्ठ गीतकार दिनेश अधिकारी, श्री पुरुष ढकाल र सङ्गीतकार राजु सिंहले ६७ वर्षको उमेरमा पनि गायक शशी गुरुङको संगीतप्रतिको समर्पण अनुकरणीय रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved