थप दुई पूर्वी युक्रेनी गाउँमाथि रुसको दाबी

नेपालभ्युज

थप दुई पूर्वी युक्रेनी गाउँमाथि रुसको दाबी

मस्को । महिनौँदेखि युद्धको मैदानमा किएभमाथि हावी हुँदै गर्दा रुसले आइतबार थप दुई पूर्वी युक्रेनी गाउँमाथि दावी गरेको छ ।

मस्कोले युक्रेनको पूर्वमा हप्तौँदेखि नियमितरूपमा नयाँ गाउँहरू दाबी गर्दै आएको छ । युक्रेनी सेनाहरूले तिनीहरूलाई रोक्न संघर्ष गरिरहेका छन् ।

रुसी सेनाले डोनेट्स्क क्षेत्रमा थप पश्चिमतर्फ धकेलेपछि रुसको रक्षा मन्त्रालयले आफ्नो सेनाले नोभोलेक्सान्ड्रिभकाको बस्तीलाई ‘मुक्त गरेको’ बताएको छ ।

रुसद्वारा कब्जा गरिएको गाउँ युक्रेनका ओचेरेटाइनको उत्तर–पश्चिममा अवस्थित रहेको छ ।

मस्कोले उसको सेनाले छिमेकी लुगान्स्क क्षेत्रको सिमाना नजिकै डोनेट्स्क क्षेत्रको थप उत्तरमा स्पिर्नेको सानो गाउँ कब्जा गरेको जनाएको छ ।

मस्कोको युक्रेन आक्रमण झण्डै साढे दुई वर्षदेखि चलिरहेको छ । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved