यस्ता हुन सक्छन् स्तन क्यान्सरका सुरुआती लक्षण

नेपालभ्युज

यस्ता हुन सक्छन् स्तन क्यान्सरका सुरुआती लक्षण

एजेन्सी । बलिउड टेलिभिजन कलाकार हिना खानलाई स्तन क्यान्सर भएको समाचारले उनका प्रसंशकलाई झस्काइदिएको छ । आज हामी स्तन क्यान्सर हुँदा देखिने सुरुआती लक्षणका बारेमा बताउनेछौं ।

यसको सुरुआती लक्षण थाहा भयो भने पहिलो चरणमै परीक्षण र उपचार गर्न सहज हुनेछ ।

  • क्यान्सर हुँदा महिलाको स्तनमा गाँठो वा डल्लो जस्तो बन्न थाल्छ । यसबाहेक पीडितलाई काखीमा दुखाई हुने लक्षण पनि देखिन्छन् ।
  • क्यान्सरको समस्यामा स्तनको छाला रातो देखिनुका साथै सुन्निने समस्या पनि हुन सक्छ ।
  • क्यान्सरको समस्या हुँदा निप्पल डिस्चार्ज अर्थात स्तनबाट रगत आउने र तरल पदार्थ जस्तो निस्कने लक्षण पनि देखिन सक्छ ।
  • महिलाको स्तन चिलाउने, पोल्ने र स्तनको कुनै पनि भागमा दुखाई महसुस हुने लक्षण पनि देखिन्छ ।
  • क्यान्सर हुँदा महिलाको स्तनको आकार पनि असामान्य रुपमा परिवर्तन हुने र सुन्निने लक्षण देखिन्छ ।
  • क्यान्सर हुँदा स्तनको टुप्पोमा दुख्ने, रातो हुने र छालाको पत्र निस्कने लक्षण पनि देखिन सक्छ ।

यस्ता खालका विभिन्न लक्षण देखिए तुरुन्तै डाक्टरसँग चेकजाँच गराउन सक्नुहुन्छ । समयमै उपचार गरे यो पूर्ण रुपमा निको हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved