पानीमा फिटकरी राखेर नुहाउँदा हुने सात फाइदा

नेपालभ्युज

पानीमा फिटकरी राखेर नुहाउँदा हुने सात फाइदा

एजेन्सी । फिटकरी छालाका लागि एकदमै राम्रो मानिन्छ । गर्मी मौसममा विभिन्न प्रकारका समस्या हुने भएकाले पानीमा फिटकरी राखेर नुहाउँदा विभिन्न प्रकारका फाइदा पाउन सकिन्छ ।

फिटकरीमा एस्ट्रीजेन्ट गुण पाइन्छन्, जसले छालालाई कसिलो राख्ने काम गर्छन् । यसको पानीले नुहाउँदा तपाईंको अनुहारका चाउरीपना पनि कम हुन सक्छन् ।

फिटकरीमा एन्टी ब्याक्टेरियल गुण पाइन्छ । यो तताएर वा मनतातो पानीमा राखेर नुहाउँदा जुम्राको समस्या पनि समाधान हुन्छ । तपाईंको बच्चालाई जुम्रा परेको छ भने यो  उपाय अपनाउन सक्नुहुन्छ ।

फिटकरीमा एस्ट्रीजेन्ट र एन्टीसेप्टिक गुण पाइन्छ, जसले तपाईंको शरीरबाट आउने पसिनाको गन्ध पनि कम गर्छ ।

फिटकरी कपालको लम्बाईका लागि पनि प्रभावकारी मानिन्छ । यसले कपालको लम्बाई बढ्नुका साथै सेतो हुने समस्या पनि कम हुन्छ ।

फिटकरी पानीले नुहाउँदा फोहोर कम हुन्छ र पिसाबको संक्रमण वा अन्य कुनै प्रकारको संक्रमणको डर हुँदैन । फिटकरीको पानीले दैनिक नुहाउँदा वयक्तिगत सरसफाई राम्रो हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved