कपाल झर्न रोक्ने रोजमेरी तेल

नेपालभ्युज

कपाल झर्न रोक्ने रोजमेरी तेल

एजेन्सी । अहिले धेरैको समस्या कपाल झर्ने हुन्छ । कपाल झर्न रोक्नका लागि हामीले धेरै प्रकारका सामग्री प्रयोग गर्छौं ।

कपाल झर्न रोक्नका लागि एकदमै प्रभावकारी हुन्छ रोजमेरीको तेल । यसको नियमित प्रयोगले कपाल झर्ने समस्याबाट छुट्कारा पाउनुका साथै नयाँ कपाल पनि पलाउन थाल्नेछ ।

रोजमेरी तेल एन्टीअक्सीडेन्ट र एन्टीइन्फ्लामेटरी गुणले भरपूर हुन्छ । यसको कपालसँग जोडिएका कयौं समस्याबाट राहत पाउन सकिन्छ ।

यसको सहयोगले स्काल्पमा रक्तसञ्चार राम्रो बन्छ । जसले गर्दा कपाल स्वस्थ हुन्छ ।

सबैभन्दा पहिला एउटा कचौरामा कपालको लम्बाईअनुसार आवश्यक पर्ने नरिवलको तेल निकाल्नुहोस् । अब यसमा रोजमेरी तेलका केही थोपा मिसाउनुहोस् । अनि स्काल्प तथा सम्पूर्ण कपालमा लगाउनुहोस् । केहीबेर हल्का हातले मालिस गर्नुहोस् ।

तपाईंले यसलाई हप्तामा दुईपटक लगाउनु भयो भने पनि कपाल झर्न धेरै हदसम्म कम हुँदै जान्छ । साथै रोजमेरी तेलको सहयोगले कपालले राम्रो पोषण पाउँछ । यसले विस्तारै नयाँ कपाल पनि उम्रन थाल्नेछन् ।

नुहाउनुअघि तपाईंले यसरी तेल लगाउनुभयो भने कपाल बलियो हुनुका साथै चमक पनि आउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved