मनसुन थप सक्रिय, दक्षिणी भेगमा भारी वर्षाको सम्भावना

नेपालभ्युज

मनसुन थप सक्रिय, दक्षिणी भेगमा भारी वर्षाको सम्भावना

काठमाडौं । न्यून चापिय रेखाका कारण मुलुकको दक्षिण भूभाग / सिमाना आसपास मनसुन सक्रिय भएको छ ।

देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुको साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷सहित भारी वर्षाको सम्भावना छ ।

साथै कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देखि आगामी बिहीबारसम्म भू–क्षय, पहिरो तथा नदी खोलामा गेग्रान बग्ने जोखिम छ भने शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम रहेको छ ।

ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांस तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २९ दशमलव २ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा ५६ दशमलव ७ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै जनकपुरमा ८६ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved