ह्यारी केनको गोल इङ्ल्याण्डका लागि अन्तिम ८ मा पुग्ने अवसर

नेपालभ्युज

ह्यारी केनको गोल इङ्ल्याण्डका लागि अन्तिम ८ मा पुग्ने अवसर

काठमाडौं । इङ्ल्याण्ड युरोकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

स्लोभाकियालाई २ – १ ले हराउदै इङ्ल्याण्ड युरोकपको क्वार्टरफाइनलमा पुगेको हो । इङ्ल्यान्डले अतिरिक्त समयमा गोल गरेर स्लोभाकियालाई २–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।

पहिलो खेलमा एक गोल गरेपछि प्रतियोगिता अवधिभर गोल गर्न संघर्षरत इङ्ल्यान्डले नियमित समयको अन्तिम समयमा बराबरी गोल गर्न सफल रह्यो ।

इन्ज्युरी समयको पाँचौं मिनेट जुड बेलिंघमले गोल गर्दै खेल अतिरिक्त समयमा धकेलेका थिए ।

अतिरिक्त समयको पहिलो मिनेटमा नै ह्यारी केनले इङ्ल्यान्डलाई अग्रता दिलाए ।

सोही गोल नै जितका लागि निर्णायक बन्यो
इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्ड विरुद्ध खेल्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved