एसईईको पूरक परीक्षा साउन २३ देखि, अनुत्तीर्ण सबैले जाँच दिन पाउने

नेपालभ्युज

एसईईको पूरक परीक्षा साउन २३ देखि, अनुत्तीर्ण सबैले जाँच दिन पाउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा साउन २३ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेदेखि ग्रेडवृद्धिका लागि पुरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयले दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई समेत परीक्षामा सहभागी गराउने निर्णय गरेपछि बोर्ड बैठकले परीक्षाको मिति सार्वजनिक गरेको हो ।

साउन २३ गतेदेखि शुरु भई साउन ३१ गतेसम्म सञ्चालन हुने पुरक परीक्षाको नतिजा असोजको पहिलो हप्ताभित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार पुरक परीक्षामा उत्तीर्ण विद्यार्थीलाई यसै वर्ष कक्षा ११ को अध्ययन गर्ने अवसर प्रदान गरिने भएको छ ।

यस वर्षको एसईईमा नन ग्रेडेड अर्थात् अनुत्तीर्ण सबै दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थी पुनःपरीक्षामा सहभागी हुन पाउने भएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved