महिला आत्मघाती विष्फोटका कारण नाइजेरियामा १८ जनाको मृत्यु

नेपालभ्युज

महिला आत्मघाती विष्फोटका कारण नाइजेरियामा १८ जनाको मृत्यु

काठमाडौं । महिला आत्मघाती विष्फोट हुँदा उत्तरी नाइजेरियामा कम्तिमा १८ जनाको मृत्यु भएको छ ।

आक्रमणकारीले विष्फोटमा आत्मघाती महिलाको प्रयोग गरेका थिए ।

उनीहरुले सुरुमा एक विवाह समारोह विष्फोट गराएका थिए त्यस्पछि अन्त्येष्टि र अस्पताललाई लक्षित गरी आतमघाती हमला गर्दा कम्तीमा १८ जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बोको हरामद्वारा सन् २००९ मा सुरु भएको विद्रोहबाट प्रभावित भएको बोर्नो राज्यमा भएको आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन ।

चरमपन्थी समूहले आत्मघाती बम विष्फोटमा महिला र केटीहरूको प्रयोग गरेको स्थानीय अधिकारीहरुले जनाएका छन् । उनीहरुले अपहरण गरेर लगेका स्कूलका बच्चालाई समेत आत्मघाती हमलामा सहभागी गराउन थालेका छन् ।

क्यामरुनको सीमापार रहेको नाइजेरियाली सहरमा एक दशकभन्दा धेरै समयदेखि हिंसा हुँदै आएको छ ।

विद्रोही समूह बोको हरामसँगको द्वन्द्वका कारण ४० हजार जना मानिस मारिएका छन् भने २० लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved