म्याद थपका लागि पूर्व गृहमन्त्री बादलका छोरा प्रतिकलाई आज अदालत पेश गरिँदै

नेपालभ्युज

म्याद थपका लागि पूर्व गृहमन्त्री बादलका छोरा प्रतिकलाई आज अदालत पेश गरिँदै

काठमाडौं ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई म्याद थपका लागि आज अदालत पेश गरिदै छ ।

गत शुक्रवार पक्राउ परेका थापा विरुद्ध अदालतमा आज थुनछेक बहस हुन लागेको हो । उनलाई हिजो अदालत पेश गरिएपनि समय अभावका कारण बहस हुन सकेन ।

प्रतिक थापा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन् । थापाविरुद्ध यसअघि नै नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको मुद्दा दर्ता भइसकेको छ ।

उनी विरुद्ध ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा २४ वर्ष कैद माग दाबी गरिएको छ ।

बुबा रामबहादुर थापा गृहमन्त्री हुँदा प्रतीक स्वकीय सचिव थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्य आरोपीहरु पक्राउ परेपनि उनी भने फरार रहँदै आएका थिए ।

भुटानी शरणार्थी प्रकरणमै पक्राउ परेका अर्का आरोपी बेचन झालाई भने जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved