कांग्रेसको पदाधिकारी बैठक बस्दै, एमालेसँगको संवादबारे नेताहरुलाई ब्रिफिङ गर्ने

नेपालभ्युज

कांग्रेसको पदाधिकारी बैठक बस्दै, एमालेसँगको संवादबारे नेताहरुलाई ब्रिफिङ गर्ने

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारीको बैठक बोलाएको छ ।

केही दिन यता दलीय संवादमा रहेका सभापति शेरवहादुर देउवाले बैठक बोलाएका हुन् । बैठक देउवा निवास बूढानीलकण्ठमा ३ बजे बस्नेछ ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भएको पछिल्लो संवाद, भ्रातृसंगठनले गुजारेको म्यादका विषयमा छलफल गर्ने बताइएको छ ।

नेविसंघलगायत भ्रातृ संस्थाको म्याद सकिएको सन्दर्भमा नयाँ नेतृत्व चयनका विषयमा देउवाले नेताहरुसँग छलफल गर्न लागेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved