होटल साहुनीको कुटपिटबाट ग्राहकको मृत्यु

नेपालभ्युज

होटल साहुनीको कुटपिटबाट ग्राहकको मृत्यु

काठमाडौं । होटल संचालिकाको कुटपिटबाट मोरङको विराटनगरमा एक पुरुषको मृत्यु भएको छ ।

विराटनगर– १९ बैजनाथपुरमा होटल सञ्चालन गर्दै आएकी ३५ वर्षीया तालीदेवी ऋषिदेवको कुपिटबाट ग्राहक ५० वर्षिय वीरबल गोसाईंको मृत्यु भएको हो ।

गोसाईँ नियमित सो होटलमा मदिरा सेवन गर्न जाने गरेका थिए । प्रहरीका अनुसार शनिबार दिउँसो पनि गोसाइँ होटलमा गएका थिए ।

दिँउसो कुटपिट भएपछि उनी साँझ फेरि होटलमा जाँदा साँझ पनि कुटपिट भएको मृतकका परिवारले बताएका छन् । होटल संचालिकाले भने आफूले कुटपिट नगरेको दाबी गरेकी छन् ।

सधैँ मदिरा खान आउँदा दुःख दिने गरेकाले त्यो दिन पनि आफुले ‘यहाँबाट गइहाल’ भनेर धकेल्दा गोसाइँ लडेको महिलाको दाबी छ ।

तालीदेवीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved