प्रचण्डलाई भेट्न ओली बिहानै बालुवाटार पुगे, बार्दलीमा फोटो सेसन

नेपालभ्युज

प्रचण्डलाई भेट्न ओली बिहानै बालुवाटार पुगे, बार्दलीमा फोटो सेसन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

पछिल्लो समय अन्य दलसँग संवाद बढाइरहेका अध्यक्ष ओली विहानै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

दुई नेताबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटवार्ताको विषय सार्वजनिक भएको छैन ।

नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाबीच प्रचण्ड र ओलीबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

दुई दिन अघि ओलीले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासँग बालकोटमा छलफल गरेका थिए ।

देउवा र ओलीबीच झण्डै तीन घण्टा बालकोटमा छलफल भएको समाचार बाहिरिएसँग नेपालको तरल राजनीति फेरि तरंगित भएको छ ।

सत्ता समीकरण फेरिनसक्ने आशंकाबीच प्रचण्डसँगको आजको भेटलाई एमाले नेताहरुले भने सत्ता गठबन्धनसँगको संवादलाई स्वभाविक भनेका छन् ।

हिजो मात्रै पनि प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो । हिजोको भेटमा भने मन्त्रीमण्डल हेरफेरको विषयमा छलफल भएको नेताहरुको भनाइ छ ।

यता कांग्रेस सभापति देउवाले पनि आजै पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved