रञ्जिता श्रेष्ठलाई नाउपा दलको नेताबाट हटाइयो, गंगा चौधरी चुनिए

नेपालभ्युज

रञ्जिता श्रेष्ठलाई नाउपा दलको नेताबाट हटाइयो, गंगा चौधरी चुनिए

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का बहुमत संघीय सांसदले दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाएका छन् ।

पार्टी अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले प्रमुख सचेतक रहेका गंगाराम चौधरीलाई दलको नेता चयन गरेका हुन् ।

लालवीर चौधरी प्रमुख सचेतक बनाइएको छ ।

गंगाराम संस्थापक नेता रेशम चौधरीका बुबाका हुन् । रञ्जिता भने चौधरीकी पत्नी हुन् ।

रेशम र रञ्जिताबीच पछिल्लो समय तिब्र मतभेद हुँदै आएको छ ।

मन्त्रीपरिषद् पुर्नगठनको पूर्वसन्ध्यामा पार्टीले रञ्जितालाई दलको नेताबाट हटाइनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

प्रतिनिधिसभामा  नाउपा केन्द्रका चार सांसद छन् । ती मध्ये तीन जनाले मात्र पछिल्लो निर्णयमा हस्ताक्षर गरेका छन् ।

हेर्नुहोस् पार्टीको विज्ञप्ती

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved