एकीकृत समाजवादी महाधिवेशन : खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन

नेपालभ्युज

एकीकृत समाजवादी महाधिवेशन : खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन

काठमाडौं । काठमाडौंमा जारी नेकपा (एकीकृत समाजवादी) को १०औं राष्ट्रिय महाधिवेशनमा आजदेखि बन्द सत्र सुरु भएको छ ।

प्रज्ञा प्रतिष्ठानमा सुरु बन्दसत्रमा विभिन्न प्रतिवेदनमाथि छलफल हुनेछ । नेताहरुले पेश गरेको राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र सांगठनिक प्रतिवेदनमाथि छलफल हुने नेता राममणि पोख्रेलले बताए ।

दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । महाधिवेशनले २१ केन्द्रीय पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने तयारी गरेको छ  ।

महाधिवेशन सम्पन्न गर्न सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ ।

त्यसैगरी उपमहासचिव जगन्नाथ खतिवडाको नेतृत्वमा १५ सदस्यीय बहस नोट कमिटी नेताहरू डा.गंगालाल तुलाधर र डा.विजय पौडेलको नेतृत्वमा माइन्युट कमिटी गठन भएको छ ।

आइतबारबाट सुरु भएको महाधिवेशनमा दस्ताबेज पारित भएसँगै नेतृत्व छनोट प्रक्रियामा प्रवेश गर्नेछ ।

महाधिवेशनमा विद्युतीय मेसिनमार्फत मतदानको व्यवस्था गरिने पोख्रेलले बताए ।

अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास जारी रहेपनि अझै सहमति भइसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved