यूरो घट्दा डलरको मूल्य स्थिर 

नेपालभ्युज

यूरो घट्दा डलरको मूल्य स्थिर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज यूरो १६ पैसाले घटेको छ भने डलर स्थिर रहेको छ ।

सोमबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ०८ पैसा रहेको छ ।

यूरो एकको खरिद दर १४२ रुपैयाँ ६४ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ २८ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ रहेको छ भने कुवेती दिनार एकको मूल्य ४३५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved