फ्रान्स निर्वाचन : ले पेनको दल आगाडि, राष्ट्रपति म्याक्रोँको दल तेस्रो स्थानमा

नेपालभ्युज

फ्रान्स निर्वाचन : ले पेनको दल आगाडि, राष्ट्रपति म्याक्रोँको दल तेस्रो स्थानमा

काठमाडौं । फ्रान्समा पहिलो चरणको विधायिकी निर्वाचनमा विजय हासिल गरेपछि फ्रान्सको अति दक्षिणपन्थीहरूले सरकार गठन गर्ने र प्रधानमन्त्री पदको दाबी गर्ने ऐतिहासिक अवसरको खोजी गरिरहेका छन् ।

प्रमुख फ्रान्सेली मतदान फर्महरूको अनुमानअनुसार आरएनले ३३ देखि ३३ प्रतिशत मत प्राप्त गरेको छ भने वामपन्थी न्यू पपुलर फ्रन्ट गठबन्धनले २८ प्रतिशत र म्याक्रोँको मध्यमार्गी खेमाले २१ प्रतिशत मत प्राप्त गरेको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको मध्यमार्गी शक्तिले मात्र तेस्रो स्थानमा चित्त बुझाउनुपरेपछि जुलाई ७ मा हुने दोस्रो चरणको निर्वाचनमा देशलाई वर्वादीबाट जोगाउन आफ्नो दललाई मतदान गर्न राष्ट्रपति म्याक्रोँसहितका नेताले निर्वाचन अभियानलाई सशक्त बनाउने बताएका छन् । तर, निर्वाचनका लागि मात्र एक हप्ताको समय रहेको छ ।

चुनावमा विपक्षी नेशनल र्याली ९आरएन० पार्टी मरिन ले पेनले नयाँ नेसनल एसेम्बलीमा पूर्ण बहुमत प्राप्त गर्नेछ वा गर्दैन भन्ने स्पष्ट भइसकेको छैन ।

ले पेनका समर्थक २८ वर्षीय जोर्डन बर्डेलालाई प्रधानमन्त्री बन्न र सत्ता सम्हाल्ने निश्चित हुन आरएनलाई अहिलेकोभन्दा निकै धेरै मतको आवश्यकता पर्नेछ ।

यसै महिना युरोपेली संसद्को चुनावमा आरएनले आफ्नो मध्यमार्गी शक्तिलाई पराजित गरेपछि म्याक्रोनले मध्यावधि चुनाव को आह्वान गरेका थिए। निर्वाचनमा जाने राष्ट्रपति म्याक्रोँको निर्णयले उनका केही सहयोगीहरूसमेतलाई चकित पारेको थियो ।

निर्वाचन घोषणाले म्याक्रोँलाई आँफैमाथि मार पर्ने जोखिम देखिएको छ । पहिलो चरणको निर्वाचन परिणाम नउल्टिएमा यसले राष्ट्रपतिलाई आफ्नो कार्यकालको बाँकी तीन वर्षका लागि निकै कम शक्तिशाली व्यक्ति बनाउनेछ ।

दोस्रो चरणको निर्वाचनपछि ५७७ सदस्यीय राष्ट्रिय सभामा आरएनले बहुमत प्राप्त गर्ने मतदान एजेन्सीहरूले अनुमान गरेका छन् । तर, पूर्ण बहुमतका लागि आवश्यक पर्ने २८९ सिट पार्टीले प्राप्त गर्ने आधार स्पष्ट भइसकेको छैन । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved