त्रिभुवन विमानस्थलबाट अवैध विदेशी मुद्रासहित इरानी दम्पत्ति पक्राउ

नेपालभ्युज

त्रिभुवन विमानस्थलबाट अवैध विदेशी मुद्रासहित इरानी दम्पत्ति पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध विदेशी मुद्रासहित इरानी दम्पत्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नागरिक ४० वर्षीय र उनकै श्रीमती ३५ वर्षीया रहेका छन् । उनीहरूको नाम खुलाइएको छैन ।

श्रीलंकन एयरको उडानद्वारा काठमाडौंबाट श्रीलंका जान लागेका उनीहरूको ह्‍याण्ड ब्यागमा विभिन्न मुद्रा बरामद गरिएको हो ।

उनीहरूको साथबाट १२ हजार ५ सय अमेरिकी डलर, ४ हजार २ सय पाउण्ड स्टरलिङ, १ हजार ७ सय ५० युरो, १६ हजार ५ सय युएई दिराम, ८ हजार ८ सय भारू र ८ लाख ४० हजार श्रीलंकन रूपी बरामद गरिएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका लागि उनीहरूलाई राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved