२५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउँदैछु : गृहमन्त्री लामिछाने

नेपालभ्युज

२५ काण्डको छानबिन गर्न शक्तिशाली आयोग बनाउँदैछु : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचार नियन्त्रणको काम आफूले निरन्तर गरिरहेको बताएका छन् ।

उनले अख्तियार लगायतका संस्थाबाट विभिन्न अड्चनले गर्दा आशा गरिएको अनुसार नतिजा भने प्राप्त नगरेको बताए ।

सोमबारको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत प्रश्नको जवाफ दिँदै उनले विभिन्न २५ वटा भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको जानकारी दिए ।

उनले भने, ‘कुनै पनि कालखण्डमा भएकाहरूमध्ये भ्रष्टाचारका २५ वटा काण्डहरूलाई छानबिन गर्नको निमिक्ति शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको कुरा सम्मानित सदनमा गराइसकेको छु ।’

उनले भ्रष्टाचारमा संलग्नहरूमाथि कारबाही गर्न निर्मम भएर लाग्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved