राजेन्द्र राईको छुट्टै प्रतिवेदन-जबजको च्याप्टर क्लोज भएको छैन, दुष्प्रचार नगरौं (पूर्णपाठ)

नेपालभ्युज

राजेन्द्र राईको छुट्टै प्रतिवेदन-जबजको च्याप्टर क्लोज भएको छैन, दुष्प्रचार नगरौं (पूर्णपाठ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र कुमार राईले पार्टीले तयार गरेको प्रतिवेदनमा सुझाव दिएका छन् ।

प्रज्ञा भवन कमलादीमा जारी दशौं राष्ट्रिय महाधिवेशनमा पार्टीको संगठनात्मक स्वरुप र सैद्धान्तिक तथा वैचारिक प्रस्तावप्रति भिन्न मत राख्दै राईले ३२ पृष्ठ लामो दस्तावेज ल्याएका हुन् ।

जसमा जबजको च्याप्टर क्लोज भएको नभएको बताएका छन् ।

‘जनताको बहुदलीय जनवाद (जबज) सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद, साम्राज्यवादविरोधी नेपाली क्रान्तिको कार्यक्रम हो । नेपाली समाज सामन्तवादबाट अगाडि बढेर पूँजीवादमा प्रवेश गरेको कारणले क्रान्तिको कार्यक्रमको रुपमा चाहिँ जबजको च्याप्टर क्लोज भयो आम रुपमा । तर, जनताको बहुदलीय क्रान्ति नभईकन नेपाली समाज सामन्तवादबाट पूँजीवादी चरणमा प्रवेश गरेको कारणले जबजका कतिपय कार्यक्रमहरु पूरा हुन सकेनन, तर पनि अब हामी पूँजीवादी क्रान्तिको चरणमा छैनौ, समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको छौ । त्यसैले अब हाम्रो क्रान्तिको कार्यक्रम समाजवादी हुनेछ, जबजका अधुरा प्रासाँगिक कार्यक्रमहरु समाजवादी क्रान्तिका अंगका रुपमा जोडिएर जानेछ । यति कुरामा कसैले हाम्रा पार्टी भित्र विमति राखेको छैन । तर, पनि कतिपयले जबज छाड्न जचाहेको भन्नेजस्ता दुस्प्रचार पनि हुने गरेको छ बेलाबखत ।’ सुझावमा उल्लेख छ ।

फरक प्रसंगमा राईले संसदीय दल पार्टी नभएर कामको एउटा मोर्चा भएकाले पनि पार्टीको निर्देशनअनुसार चल्ने व्यवस्था बनाइनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved