सुनको मूर्ति भन्दै ३० लाख ठगी, एक भारतीयसहित ५ जना पक्राउ

नेपालभ्युज

सुनको मूर्ति भन्दै ३० लाख ठगी, एक भारतीयसहित ५ जना पक्राउ

काठमाडौं । नक्कली सुनको मूर्ति देखाएर ठगी गर्नेहरू पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरीको टोलीले एक भारतीय नागरिकसहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने भारतको उडिसाका ४० वर्षीय कलाकार दास, म्याग्दीका ६४ वर्षिय क्षेत्र बहादुर शाही, धादिङका ३८ वर्षिय दीपक थापा, दाङका ३५ वर्षिय वसन्त चौधरी र चौमती घर भएका ५५ वर्षिय रविन महर्जन छन् ।

उनीहरुले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ विष्ट गाउँ घर भई खहरेमा सोफा पसल गर्ने दिनेश न्यौपानेलाई नक्कली सुनको मूर्ति देखाई नगद ३० लाख ठगी गरेको पाइएको प्रहरीले जनाएको छ ।

दासले आफूसँग सुनको मूर्ति छ भन्दै प्रलोभन देखाएर न्यौपानेलाई ३० लाख रुपैयाँमा बिक्री गरेका थिए । तर, त्यो नक्कली भएको पाइएपछि पीडितले प्रहरीलाई सम्पर्क गरेका थिए ।

प्रहरीले पक्राउ परेकाको साथबाट १४ लाख रुपैयाँ नगद बरामद गरेको छ । अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved