बक्स अफिसमा ‘कल्की २८९८ एडी’को सुनामी, तीन दिनमा कति कमायो ?

नेपालभ्युज

बक्स अफिसमा ‘कल्की २८९८ एडी’को सुनामी, तीन दिनमा कति कमायो ?

एजेन्सी । सुपरस्टार प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ ले बक्स अफिसमा बम्पर कमाई गरिरहेको छ । यसले एक प्रकारको सुनामी नै ल्याएको छ ।

यो फिल्मले तीन दिनमा विश्वभर पाँच अर्बको कलेक्सन गरेको छ । भारतमा मात्रै यसले ३०० करोडभन्दा धेरै कमाई गरिसकेको छ । फिल्मले तीन दिनको कमाइमा धेरै रेकर्ड तोडेको छ ।

यो फिल्म दर्शकले एकदमै मन पराइरहेका छन् नै क्रिटिक्सहरुबाट पनि राम्रो रिभ्यू पाइरहेको छ । त्यसैले पनि फिल्मले देश/विदेशबाट पैसा छापिरहेको छ ।

यो एउटा साइन्स फिक्शन फिल्म हो । जसको चित्रीकरण पनि एकदमै राम्रो गरिएको छ । फिल्मको कथामा मायथोलोजिकल कोणलाई जोड्दै भविश्यको दुनियाँमा केन्द्रीत छ ।

फिल्मको निर्देशन नाग अश्विनले गरेका छन् । यसमा अमिताभ बच्चन, कमल हसन, दिशा पाटनी र दीपिका पादुकोण समेतले अभिनय गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved