प्रधानमन्त्रीले गरे ‘प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता’को उद्घाटन

नेपालभ्युज

प्रधानमन्त्रीले गरे ‘प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता’को उद्घाटन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘प्रकाश दाहाल स्मृति चौथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिता’ को उद्घाटन गरेका छ ।

सोमबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु भएको प्रतियोगिताको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेका हुन् । प्रतियोगितामा देशभरका २५० जनाको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले दिवङ्गत प्रकाशको जन्मजयन्तिको अवसर पारेर सुरु गरिएको प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताए ।

उनले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै यस प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

सोमबार सुरु भएको प्रतियोगिता असार २१ गतेसम्म सञ्चालन हुनेछ । प्रकाश दाहाल फाउन्डेसन र बक्सिङ महासङ्घको संयुक्त आयोजनामा प्रतियोगिता आयोजना गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved