उडन्ते सञ्जाल: ताराको उडान नै नभएको जोमसोममा ‘जहाज हरायो’ भन्दै कसले फैलायो अफवाह ?

जबकि जहाँ ताराको अहिले कुनै उडान नै छैन त्यहाँ कसरी जहाज हरायो ? यो हल्लाले तारा कम्पनीको मात्र नभई मुलुककै उड्डयन क्षेत्रको दुष्प्रचार भयो ।

नेपालभ्युज

उडन्ते सञ्जाल: ताराको उडान नै नभएको जोमसोममा ‘जहाज हरायो’ भन्दै कसले फैलायो अफवाह ?

काठमाडौं । भूपी शेरचनले ६ दकशअघि कविता देखेका थिए, ‘यो हल्लै–हल्लाको देश हो ।’

भूपीले यो कविता कुन परिवेशमा लेखेका थिए धेरैलाई थाहा छैन । तर त्यो कबिताआजसम्म यति सान्दर्भिक जस्तो भइरहेको छ ? जुन हरदिन फैलिरहेका विभिन्न हल्लाहरूले पुष्टि गर्छ ।

यहाँ उल्लेख गर्न लागिएको सन्दर्भ हो, सोमबार दिउँसो १ बजेतिर सामाजिक सञ्जालमा फैलिएको हल्लाको ।

‘पोखराबाट जोमसोमको लागि उडेको तारा एअरको विमान सम्पर्कविहीन भएको छ’ भन्ने पोस्टहरू दिउँसो एकबजेदेखि सञ्जालमा देखियो । कमेन्ट र शेयर गर्नेहरू मात्र थिएनन्, त्यो पोस्ट कपि गरेर पोस्ट गर्नेहरू धेरै थिए ।

ताराको विमान हराएको पोस्ट गर्नेहरू यस्ता थिए कि जुन घटना उनीहरूले सम्बन्धित निकायबाट भेरिफाइ गराएका थिए, वा आफैँले देखेका थिए ।

सञ्जालमा फैलिएको अफवाह

तर, सत्य यो हो कि जेठ ३१ गते जुन १३ बाट ताराले जोमसोममा आफ्नो उडान बन्द गरेको छ । यात्रुको चाप घटेसँगै ताराले पोखरादेखि जोमसोम उडाइरहेको जहाज नेपालगन्ज लगेको छ । अहिले त्यो जहाजले कर्णालीमा उडान भरिरहेको छ ।

जबकि जहाँ ताराको अहिले कुनै उडान नै छैन त्यहाँ कसरी जहाज हरायो ? यो हल्लाले तारा कम्पनीको मात्र नभई मुलुककै उड्डयन क्षेत्रको दुष्प्रचार भयो । अहिले तारा एअरका दुईवटा जहाजमध्ये एउटा काठमाडौं र अर्को नेपालगञ्जमा छ ।

तालिका नै नभएको जहाज सम्पर्क विहीन भएको सन्देश सामाजिक सञ्जालमा फैलिएपछि तारा एयरले विज्ञप्ति जारी गरेको छ । उसले भ्रामक सूचना पोस्ट गर्नेविरुद्ध कारबाही अगाडि बढाएको बताइसकेको छ ।

गलत सूचना प्रवाह गर्ने विरुद्ध कम्पनीले साइबर क्राइम अन्तर्गत कारबाही अगाडि बढाउने कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

कम्पनीले फेसबुकमा आएको पोस्ट ‘फेक’ भनेर भनेर बताएपछि धेरै प्रयोगकर्ताले पोस्ट डिलिट तथा एडिट गरेका छन् ।

सञ्जालमा अफवाह फैलिएपछि कम्पनीले जारी गरेको विज्ञप्ति

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved