पेटमा हात राखेर सुत्दा हुनसक्ने असर

नेपालभ्युज

पेटमा हात राखेर सुत्दा हुनसक्ने असर

एजेन्सी । सबैलाई आ-आफ्नो तरिकाले सुत्न मन पर्छ । कतिपय मानिसको पेटमा हात राखेर सुत्ने बानी हुन्छ ।

गलत तरिकाले सुत्दा शरीरमा गलत प्रभाव पनि पर्न सक्छ । पेटमा हात राखेर सुत्दा हुने असरका बारेमा जानौं ।

  • जो व्यक्ति पेटमा हात राखेर सुत्छन् उनीहरुलाई पाचनसँग जोडिएका समस्या हुन सक्छन् । यसले पेटमा दबाब सिर्जना गराउँछ ।
  • पेटमा हात राखेर सुत्दा आन्द्रामा दबाब पर्छ । जसले गर्दा सुतेको अवस्थामा खाना पच्न समस्या आउन सक्छ र यसले कब्जियत हुन सक्छ ।
  • सुत्ने गलत तरिकाले गर्दा शरीरको फरक-फरक अंगमा झन्झनाहट तथा दुख्ने समस्या आउन सक्छ । यसरी नै पेटमा हात राखेर सुत्दा हातमा झन्झनाहट हुन सक्छ ।
  • स्वास्थ्य विशेषज्ञका अनुसार पेटमा हात राखेर सुत्दा पेटमा जोड पर्छ । यसले ग्यास र पेट दुख्ने समस्या हुन सक्छ । यसबाट निद्रामा पनि नराम्रो असर पर्दछ ।
  • जो व्यक्ति पेटमा हात राखेर सुत्छन् उनीहरुलाई प्रायः घुर्ने समस्या पनि हुन्छ । पेटमा हात राख्दा स्वास लिन समस्या हुन्छ र घुर्न थाल्छन् ।
  • त्यस्तै जो व्यक्तिको पेटको अप्रेशन भएको वा कुनै पनि समस्या भइरहेको छ भने त्यस्तो व्यक्तिले सुतेको अवस्थामा पेटमा हात राख्नु हुँदैन । यसले समस्या झनै बढ्न सक्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved