दोहोरो अंकले बढ्यो सेयर बजार 

नेपालभ्युज

दोहोरो अंकले बढ्यो सेयर बजार 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज सेयर बजार परिसूचक १६ दशमलव २९ अंकले बढेर २०५३ दशमलव ३८ को विन्दुमा पुगेको छ ।

आज ३२३ कम्पनीको ४४ हजार १ सय ६९ पटकको कारोबारमा ७१ लाख ६५ हजार ७ सय ३५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

सेन्सेटिभ इन्डेक्स ३ दशमलव ०१ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १ दशमलव ३६ अंकले बढेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ३८ अंकले बढेको छ ।

१३ उपसमूहमध्ये निर्माण र फाइनान्स कम्पनीहरू घटेका छन् भने ११ वटा बढेको छ । आज सर्वाधिक बढ्नेमा विकास बैंक र होटेल रहेका छन् ।
सोमबार नेपाल फाइनान्स कम्पनीको कारोबार सबैभन्दा बढी भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved