शिक्षामन्त्री सुमना भन्छिन्- शैक्षिक क्षेत्रमा गुण्डागर्दी सहिन्न

नेपालभ्युज

शिक्षामन्त्री सुमना भन्छिन्- शैक्षिक क्षेत्रमा गुण्डागर्दी सहिन्न

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शैक्षिक क्षेत्रमा गुण्डागर्दी सहन नसकिने बताएकी छन् । विश्वविद्यालय र विद्यालयलगायत शैक्षिक क्षेत्रमा दलीय राजनीति हटाएरै छाड्ने पनि उनले बताइन् ।

प्रतिनिधि सभामा सोमबार सांसदहरूले सोधेका प्रश्नमा जबाफ दिँदै उनले राजनीतिक दलका भ्रातृ संघसंस्था र राजनीतिक दलनिकट प्राध्यापकहरू नै आफूलाई चित्त नबुझेको भन्दै तालाबन्दीमा उत्रने गरेको पनि बताइन् ।

उनले आफ्नो कार्यकालमा शैक्षिक क्षेत्रबाट दलीय राजनीति हटाएरै छाड्ने पनि बताइन् ।

‘चित्तबुझ्दो भएन भने तालाबन्दी गर्छौँ भन्छन् । त्यस्तो नि हुन्छ ? यो त अराजकता हो,’ उनले भनिन्, ‘पटकपटक उत्तरपुस्तिका हराउनेलाई कारबाही गर्नैपर्छ । यसमा दलगत भ्रातृ सङ्गठनले हामीलाई चित्त बुझ्नुपर्छ, त्यसपछि मात्र कारबाही गर्न पाउँछ भन्न पाउँदैन ।’

उनले शनिबार र आइतबार त्रिवि सेवा आयोगले विज्ञापन खोलेकोमा विज्ञापन गर्न पाइँदैन भनेर एक समूहले तालाबन्दी गरेको पनि बताइन् ।
उनले आफू शिक्षा मन्त्री रहँदासम्म गुण्डागर्दी नसहने बरु प्रहरी प्रयोग गरिने बताइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved