झलनाथ खनालको दस्ताबेज: हिजो जसरी राष्ट्रलाई अग्रगतितिर लैजान सकिँदैन, नयाँ कार्यक्रम चाहिन्छ (पूर्णपाठ)

नेपालभ्युज

झलनाथ खनालको दस्ताबेज: हिजो जसरी राष्ट्रलाई अग्रगतितिर लैजान सकिँदैन, नयाँ कार्यक्रम चाहिन्छ (पूर्णपाठ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का ‘सम्मानित नेता’ झलनाथ खनालले पार्टीको जारी दसौँ राष्ट्रिय महाधिवेशनमा नेपाली विशेषताको समाजवादी कार्यक्रम पेस गरेका छन् ।

गत जेठ १ र २ गते बसेको केन्द्रीय कमिटी बैठकले पारित गरेको समाजवादी कार्यक्रममा हिजोका कार्यक्रमहरूको रक्षा र विकास गरेर नेपाली जनता र राष्ट्रलाई अग्रगतितिर लैजान नसकिने निष्कर्ष छ ।

६५ पृष्ठ लामो खनालको दस्ताबेजमा भनिएको छ, ‘‘अब हिजोका कुनै पनि कार्यक्रमहरूको ‘रक्षा र विकास’ गरेर नेपाली जनता र राष्ट्रलाई अग्रगतितिर लैजान सकिँदैन । हामीले बिलकुल नयाँ धरातल, नयाँ औचित्य र नयाँ आवश्यकताका आधारमा अब समाजवादी कार्यक्रम अघि सार्नुपर्छ । त्यो नेपाली क्रान्तिको इतिहासमा बिलकुल नयाँ र ऐतिहासिक कार्यक्रम हुनेछ ।’’

नयाँ आवश्यकताका आधारमा समाजवादी कार्यक्रम अघि सार्नुपर्ने दस्ताबेजमा छ ।

नेता खनालले नयाँ जनवाद, राष्ट्रिय जनवाद, जनताको जनवाद वा जनताको बहुदलीय जनवादका कार्यक्रमहरू त्यस बेलाको वस्तुगत परिस्थितिका उपज भएको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् ।

‘हिजो हामीले जनवादी क्रान्तिको क्रममा अघि सारेका कार्यक्रमहरूका जुन अंशहरू लागु भइसकेका छैनन्, तिनीहरू अब समाजवादी कार्यक्रमका अभिन्न अङ्ग बन्छन् र बनाउनुपर्छ । तर, कार्यक्रमिक रूपमा भने अब नयाँ धरातलबाट अघि बढ्नुपर्छ,’ खनालको दस्ताबेजमा भनिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved