६ महिनामा ५ लाख ८३ हजार १६ पर्यटक नेपाल भित्रिए 

नेपालभ्युज

६ महिनामा ५ लाख ८३ हजार १६ पर्यटक नेपाल भित्रिए 

काठमाडौं । सन् २०२४ को ६ महिनामा ५ लाख ८३ हजार १६ पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०२४ को ६ महिनामा ५ लाख ८३ हजार १६ पर्यटक नेपाल भित्रिएका हुन् ।

पछिल्लो महिनामामात्र ७६ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जसमा हवाईमार्ग हुँदै जुन, २०२४ मा ७६ हजार ७३६ जना विदेशी पर्यटक नेपाल प्रवेश गरेका हुन् । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ६।२१ प्रतिशतले पर्यटक आगमनको वृद्धि हो ।

सन् २०२३ को जुनमा ७२ हजार २५० जना पर्यटक भित्रिएका थिए । बोर्डका अनुसार समीक्षा अवधिमा सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी ३७ हजार ८३५ जना पर्यटक नेपाल भित्र्याएका छन् ।

दोस्रोमा अमेरिका (यूएसए) बाट ८ हजार २८१ जना भित्रिएका छन् भने यसै अवधिमा अर्को छिमेकी मुलुक चीनबाट ७ हजार ४९४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

यसै गरी बंगलादेशबाट ३ हजार ८५७ जना, बेलायतबाट १ हजार ९६९ जना, अस्ट्रेलियाबाट १ हजार ५८९ जना, भुटानबाट १ हजार ६६ जना, मलेसियाबाट १ हजार १४ जना, जापानबाट ९५३ जना र दक्षिण कोरियाबाट ८७५ जना भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved