पार्टी बैठकमा देउवाले भने – ओलीसँग मेरो सकारात्मक कुराकानी भएको छ

नेपालभ्युज

पार्टी बैठकमा देउवाले भने – ओलीसँग मेरो सकारात्मक कुराकानी भएको छ

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको कुराकानीबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।

आफ्नै निवास बुढानिलकण्ठमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएर देउवाले यही १५ गते अध्यक्ष ओलीसँग बालकोटमा भएको भेटबारे जानकारी गराएका हुन् ।

बैठकपछि नेता मीन विश्वकर्माले बताए अनुसार उक्त भेट ओलीको चाहनामा भएको थियो । देउवाले बैठकमा भने, ‘ओलीले चिया खान भन्दै बोलाउनुभयो । म गएँ, निकै सौहार्दपूर्ण र सकारात्मक रुपमा कुराकानी भएको छ ।’

ओलीसँगको छलफल सकारात्मक रुपमा अघि बढेको देउवाले बताएपछि सहभागी नेताहरुले थप जिज्ञासा राखेका थिए । तर, देउवाले अहिले योबारे धेरै बोल्ने अवस्था नभएको भन्दै टारेका थिए ।

कांग्रेस बैठकले चीन सरकारसँग बीआरआई सम्झौता गर्दा ऋणका रुपमा रकम लिन नहुने ठहर गरेको विश्वकर्माले जनाए । चीनले बीआरआई परियोजनामा अनुदान नै दिनुपर्ने कांग्रेसको निर्णय रहेको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved