सुन्दरी चोरको अनौठो शैली: फेसबुकबाट साथी बनाएर पाहुना लाग्न जाने, गरगहना चोरेर फर्किने

उनका अनुसार दिपा साथीको घरमा पाहुनाको रूपमा जाने र चोरी गरेर फर्किने गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।

नेपालभ्युज

सुन्दरी चोरको अनौठो शैली: फेसबुकबाट साथी बनाएर पाहुना लाग्न जाने, गरगहना चोरेर फर्किने

काठमाडौं । फेसबुकमार्फत् चिनेकी साथीको घरबाट सुनका गहना र नगद चोरी गरेको आरोपमा पोखराबाट एक महिला पक्राउ परेकी छिन् ।

सुनको गरगहना र २९ हजार रुपैयाँ नगद चोरी गरेको आरोपमा रौतहटको चन्द्रपुर १२ की दिपा थापा पक्राउ परेकी हुन् ।

उजुरीका आधारमा पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।

उनका अनुसार दिपा साथीको घरमा पाहुनाको रूपमा जाने र चोरी गरेर फर्किने गरेको प्रहरीको अनुसन्धानका क्रममा खुलेको छ ।

एसपी थापाले भने, ‘फेसबुकमार्फत नै चिनेकी साथीको घरमा खाना खाने बहानामा त्यहाँ पुगेको देखिन्छ । साथी खाना पकाइरहेका बेला सुन र नगद चोरी गरेको खुलेको हो ।’

प्रहरीको अनुसन्धानका क्रममा दिपा काठमाडौंलगायत विभिन्न सहरमा साथीको रूपमा घर पुग्ने र चोरी गरेर फर्किने गरेको खुलेको छ । पोखरामा अन्य व्यक्तिको घरमा पनि त्यही शैलीमा चोरी गरेको भन्दै दिपाविरुद्ध उजुरी दिएका छन् ।

चोरी मुद्दामा दिपामाथि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । उनले फेसबुकमा नयाँनयाँ पोसाक लगाउने, राम्री देखाएर साथी बन्ने र भेट्न जाने गर्दै आएकी छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved