बालयौन दुरुपयोग मुद्दामा बम्जनलाई १० वर्ष कैद सजाय

नेपालभ्युज

बालयौन दुरुपयोग मुद्दामा बम्जनलाई १० वर्ष कैद सजाय

काठमाडौं । बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय तोकिएको छ । साथै पाँच लाख क्षतिपूर्तिको पनि सजाय सुनाइएको छ ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई सोमबार सजाय निर्धारण गरेको हो ।

यसअघि असार १० गते बम्जनलाई दोषी ठहर गरेकोमा आज सजाय तोकिएको हो ।

हत्या र यौनहिंसाका आरोपित बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत पुस २४ गते बुढानीलकण्ठस्थित गत एक घरबाट पक्राउ गरेको थियो।

आफूलाई ‘लिटिल बुद्ध’ बताउने बम्जनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ ।

आफूलाई तपस्वी भन्ने बम्जनले ०७३ साउन २० गते राति करिब साढे ९ बजेतिर आश्रममा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।

घटना भएका वेला पीडित बालिका १५ वर्षकी मात्र थिइन्। उनी १८ वर्षकी भएपछि २३ माघ ०७६ मा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको हो । करणीपछि बम्जनले पीडितलाई डर, धाक, धम्की देखाउने गरेका थिए।

उजुरीपछि उनी गत पुस २४ गते काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ६ स्थित निवासबाट पक्राउ परेका थिए।

बम्जनविरुद्ध पाँच परिवारको उजुरी छ । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

नुवाकोट म्यागङ गाउँपालिका–३ देउरालीकी गंगामाया तामाङले २०६८ सालमा बम्जनको आश्रममा गएकी आफ्नी साइँली बहिनी हराइरहेको बताएकी थिइन् ।

हेटौंडाका महेन्द्र वाइबाले २०७२ चैत १४ गते बम्जनको सिन्धुलीस्थित आश्रममा पुगेका आफ्ना बाबु सञ्चलाल त्यसपछि हराएको बताएका थिए ।

हेटौंडाकै वीरबहादुर रुम्बाकी छोरी फूलमाया २०६८ मा बाराको हलखोरिया जंगलमा तपस्यारत भनिएका बम्जनबाट प्रभावित भएपछि उनकै पछि लागेकी थिइन् । उनी पनि सम्पर्कमा नरहेको पीडित परिवारको भनाइ छ ।

 

यी पनि पढ्नुहोस:

रामबहादुर बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीका बुवाको ट्याक्टरको ठक्करबाट मृत्यु

कथित तपस्वी रामबहादुर बम्जनलाई जेल चलान गर्न अदालतको आदेश

कारागारमा बम्जन : छाडे ध्यान, लागूऔषधका दोषीलाई भान्छे नियुक्त

कारागारमा बम्जनले सोधे यहाँ जीमखाना छैन ?

पाँच करोडको ल्याण्डक्रुजर चढ्ने योजनामा थिए बम्जन

बम्जनविरुद्ध चारजना बेपत्ता, एकको हत्या र एक अनुयायी बलात्कारको अभियोग, कहाँ-कहाँ परेका छन् जाहेरी र मुद्दा ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved