मन्त्रिपरिषद् बैठकमा प्रचण्डले भने– सरकार ढल्ने हल्लामा सत्यता छैन

नेपालभ्युज

मन्त्रिपरिषद् बैठकमा प्रचण्डले भने– सरकार ढल्ने हल्लामा सत्यता छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठकमा सत्ता गठबन्धनमा असमझदारी बढेको हल्लामा सत्यता नभएको ब्रिफिङ गरेका छन् । बाहिर सरकार ढल्ने भनेर भएको चर्चामा कुनै सत्यता नभएको ब्रिफिङ गर्दै प्रचण्डले वर्तमान गठबन्धन लामै समय जाने बताएका हुन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले बाहिर भएको चर्चाको विषयमा जानकारी गराएको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

‘‘बाहिर चर्चामा आएको विषयको प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभयो । ओली र प्रधानमन्त्रीको छलफल भएको छ । बाहिर असमझदारी बढ्यो भनेर आएका कुरा असत्य हुन् यो गठबन्धन लामै समय जाने जानकारी गराउनुभएको छ ।’’

अहिले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा पनि कुनै छलफल नभएको प्रचण्डले बताएको उनले सुनाइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved