सरकार ढल्ने हल्ला मिडिया ट्रायलका रुपमा आयोः सञ्चारमन्त्री शर्मा

नेपालभ्युज

सरकार ढल्ने हल्ला मिडिया ट्रायलका रुपमा आयोः सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएकी छन्

सोमवार मन्त्रीपरिषद्का निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।  उनले सञ्चारमाध्यममा असमझदारी भयो, गठबन्धन टुट्यो भन्ने जस्ता समाचारमा सत्यता नरहेको स्पष्ट पारिन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सकारात्मक छलफल भएको बताउँदै वर्तमान गठबन्धन लामो समय चल्ने बताईन् । उनले सञ्चारमाध्यममा मिडिया ट्रायलका रुपमा वर्तमान सरकार ढल्यो भन्ने हल्ला फिँजाइएको बताईन् ।

‘बाहिर असमझदारी भए, बढे भन्ने जुन खालका चर्चा छन्, ति सबै कुरा असत्य हुन् । त्यस्तो छैन । सकारात्मक छ छलफल । यो गठबन्धन लामै समय जाने भनेर प्रधानमन्त्रीज्युले भन्नुभएको छ । हामीलाई पनि त्यस्तो मिडियामा आएको स्थिति होइन भन्नेकुरा ब्रिफिङ गर्नुभयो’ उनले भनिन्, ‘यो गठबन्धन र सरकार यसरी नजाओस् भन्नेकुरा पनि कसैले सोचेको होला । यसलाई मिडिया ट्रायलका रुपमा ल्याइएको हो । कमरेड केपी ओलीले सबै आफ्ना मन्त्रीलाई ६ बजे बोलाएको भन्ने मिडियामा छ, मन्त्रीहरुलाई थाहा छैन । आएका सबै समाचारहरु सत्य हुँदा रहेनछन् भन्ने यो उदाहरण हो ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved