सांसद गुरुङको निलम्बन खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा गयो अख्तियार

नेपालभ्युज

सांसद गुरुङको निलम्बन खारेज गर्ने  सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा गयो अख्तियार

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा गएको छ ।

संयुक्त इजलासको उक्त फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै अख्तियारले  सर्वोच्चमा सोमबार पुनरावलोकनको निवेदन दिएको हो ।

सर्वोच्चका न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले सांसद गुरुङको निलम्बन संविधान र कानूनसम्मत नभएको ठहर गर्दै निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतको निर्णयका कारण विशेष अदालतबाट भ्रष्टाचारको आरोपमा कसुरदार ठहर सांसद गुरुङ निलम्बन फुकुवापछि प्रतिनिधिसभामा सहभागी हुँदै आएका छन् ।

अख्तियारले १६ चैत, २०८० मा गरेको उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्चले त्यसलाई पुनरावलोकनबाट खारेज हुनुपर्ने र गुरुङको निलम्बन यथावत हुनुपर्ने माग राखेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved