रोल्पामा जिप दुर्घटना, २ जनाको मृत्यु

नेपालभ्युज

रोल्पामा जिप दुर्घटना, २ जनाको मृत्यु

काठमाडौं । रोल्पाको माडी गाउँपालिका-३ परेवा छहरामा जीप दुर्घटना  भएको छ । माडी गाउँपालिका २ घर्ती गाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ जिप सोमबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

जिप सडकबाट ४०० मिटर तल खसेको प्रहरीले बताएको छ । उक्त दुर्घटनामा हालसम्म घाइते भएका ५ जनालाई अस्पताल ल्याइएकामा २ जनाको मृत्यु  भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ  ।

जिपमा १५ जना सवार रहेको  बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved