रोल्पा जिप दुर्घटना : मृतकको संख्या ७ पुग्यो

नेपालभ्युज

रोल्पा जिप दुर्घटना : मृतकको संख्या ७ पुग्यो

काठमाडौं । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको  छ । सो दुर्घटनामा पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा  मृत्यु भएको प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले जानकारी दिए ।

जिपमा सवार  कुल १५ जना यात्रुहरुमध्ये सात जनाको मृत्यु भएको उनले पुष्टी गरे । मृतकहरुको सनाखत भने हुन नसकेको उनले बताए ।

माडी गाउँपालिका २ घर्तीगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार साँझ  दुर्घटना भएको थियो ।

घाइतेहरुलाई उपचारका लागि भैरहवा रिफर गरिएको छ । जिप सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटनामा परेको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved