दहीमा जिरा र कालोनुन राखेर खाँदा हुने फाइदा

नेपालभ्युज

दहीमा जिरा र कालोनुन राखेर खाँदा हुने फाइदा

एजेन्सी । दही कयौं गुणले भरिपूर्ण हुन्छ । यो खाँदा शरीरलाई विभिन्न प्रकारका फाइदा हुन्छन् । तर, यदी दहीमा जिरा र कालोनुन मिसाएर खाने हो अझै धेरै फाइदाजनक हुन्छ ।

आज यसरी दही खाँदा हुने फाइदा बारे जानौं–

दहीमा जिरा र कालोनुन मिसाएर खाँदा पाचन प्रक्रियामा एकदमै धेरै लाभ हुन्छ । यसले पाचन तन्त्रलाई बलियो बनाउँछ ।

दहीमा यी दुई चीज मिसाएर खाँदा पेट सितल राख्न सहयोग हुन्छ । यस्तोमा तपाईंले गर्मी मौसममा यो मिश्रण खान सक्नुहुन्छ ।

तपाईं लामो समयदेखि कब्जियतको समस्या छ भने दहीमा कालो नुन र जिरा राखेर खान सक्नुहुन्छ । यसले मल त्याग गर्न एकदमै सजिलो हुन्छ ।

दहीमा राम्रो मात्रामा क्याल्सियम पाइन्छ । जिरा र कालोनुन राखेर खाँदा हड्डीलाई स्वस्थ बनाइराख्न सहयोग हुन्छ । त्यस्तै, रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यो मिश्रण प्रभावकारी हुन्छ ।

दही, जिरा र कालोनुनको मिश्रण बनाउन पहिले जिरा भुट्नुहोस् । त्यसपछि एक कचौरा दहीमा स्वाद अनुसार कालोनुन र जिरा मिसाएर सेवन गर्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved