बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, अधिकांश भेगमा बदली

नेपालभ्युज

बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना, अधिकांश भेगमा बदली

काठमाडौं । अहिले मुलुक भर बदली भएको छ । कोशी, मधेस र बागमती प्रदेशका केही स्थानहरूका साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिनभरी नै अधिकांस स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भने भारी वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाका कारण हुने भू–क्षय, पहिरो तथा नदी खोलामा गेग्रान बग्ने जोखिम छ ।

त्यस्तै शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम रहेकाले आवश्यक सर्तकता तथा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २९ दशमलव ५ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा ३९ दशमलव ५ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै पोखरामा १२७ मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved