फ्रान्स र पोर्चुगल युरोकपको क्वाटरफाइनलमा

नेपालभ्युज

फ्रान्स र पोर्चुगल युरोकपको क्वाटरफाइनलमा

काठमाडौं । पोर्चुगल र फ्रान्स युरोकप फुटबलको क्वाटरफाइनलमा पुगेका छन् । आज बिहान भएको खेलमा स्लोभेनियालाई हराउँदै पोर्चुगल अन्तिम ८ मा पुगेको हो ।

निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल पेनाल्टीमा गएको थियो ।

पोर्चुगलका गोलरक्षक डिओगो कोस्टाले तीन पेनाल्टी विफल पार्दा स्लोभेनिया ३–० ले पराजित भएको हो । पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्ससँग खेल्नेछ ।

आजै भएको अर्को खेलमा फ्रान्सले बेल्जियमलाई १–० ले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको छ ।

जर्मनी, स्पेन, स्विटजरल्यान्ड र इङ्ल्यान्ड यसअघि नै क्वाटरफाइनलमा पुगिसकेका छन् । युरोकपमा आज रोमानियाले नेदरल्यान्ड्स तथा अष्ट्रियाले टर्कीसँग खेल्नेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved