मध्यरातको सत्ता उलटफेरबारे माओवादी- भुटानी शरणार्थी प्रकरणमा बूढानीलकण्ठ र गिरीबन्धुमा बालकोट तानिने भएपछि एमाले-कांग्रेस मिले

'मध्यरातमा संविधान संशोधनबारे सहमति गर्नु प्रतिगामी कदम हो'

मध्यरातको सत्ता उलटफेरबारे माओवादी- भुटानी शरणार्थी प्रकरणमा बूढानीलकण्ठ र गिरीबन्धुमा बालकोट तानिने भएपछि एमाले-कांग्रेस मिले
फाइल फोटो

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गएराति १२:१५ बजे चपली हाइटमा एउटा मस्यौदापत्रमा हस्ताक्षर भयो ।

मस्यौदापत्रमा ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने उल्लेख छ भने पहिलो कार्यकाल ओली हुनेछन् । मस्यौदापत्रमा संविधान संशोधन गर्ने, सरकारमा अरु साना दलहरूलाई पनि सहभागी हुन आह्वान गर्नेलगायतका बुँदा छन् ।

यसलाई तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) ले भने गम्भीर रूपमा लिएको नेताहरूले प्रतिक्रिया दिएका छन् । खासगरी संविधान संशोधनको विषयले माओवादी केन्द्रमा संशय उब्जिएको छ ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालभ्युजसँग भने, “मध्यरातमा एउटा मस्यौदापत्रमा हस्ताक्षर गरेर कसरी संविधान संशोधन हुन्छ ? यो त संसद्‌मा ल्याएर व्यापक छलफलपछि मात्रै हुने कुरा भयो । यो राम्रो नियतले सुरु भयो भन्ने लाग्दैन । प्राप्त भएका उपलब्धिहरूलाई निस्तेज गर्दै जाने र संविधानलाई पुन: २०४७ तिरै पुर्‍याउने खेल सुरु भयो कि !”

उनले दुई ठूला दलहरूबीच भएको संविधान संशोधनको विषयलाई ‘पश्चगामी कदम’ को संज्ञा दिएका छन् । “मध्यरातमा संविधान संशोधन गर्ने भन्ने कुरा त पश्चगामीहरूले गर्ने हो, प्रतिगामीहरूले गर्ने हो,” महासचिव गुरुङले भने, “संविधानमार्फत प्राप्त भएका उपलब्धिहरू जनताबाट खोसिनु हुँदैन ।”

माओवादी केन्द्रकै अर्का एक नेता सरकारले चलाएको भ्रष्टाचारविरोधी अभियानबाट डराएर दुई ठूला दलहरू मिलेको आरोप लगाउँछन् । ती नेताको विश्लेषणमा एमाले-कांग्रेसले प्रकरण साटेका छन् ।

“भुटानी शरणार्थी प्रकरणमा बूढानीलकण्ठ तानिएको र गिरीबन्धु टी-स्टेटमा बालकोट तानिने पक्कापक्की भइसकेपछि एमाले-कांग्रेसबीच सहमति भयो, यो प्रष्टै देखिन्छ,” ती नेताले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved