सर्वनाममा पूर्णविराम (तस्वीरहरू)

सर्वनाममा पूर्णविराम (तस्वीरहरू)

काठमाडौं । आरुष मगरको परिकल्पना तथा निर्देशनमा कालिकास्थान स्थित सर्वनाम थिएटरमा नाटक ‘पुर्णबिराम’ को मञ्चन सुरु भएको छ। नाटकलाइ कवि सुरज पराजुलीले लेखेका हुन्।

नाटकको कथा प्रकृति र पर्यावरण संग सम्बन्धित छ। यस नाटकले बढ्दो प्रदुषण र पर्यावरणीय परिवर्तनले मानिसको भविष्यमा कस्तो असर पार्छ भन्ने देखाउन खोजेको छ।

विज्ञानको दुरुपयोगले आउन सक्ने भयावह अवस्था र राजनीतिज्ञको दोहोरो चरित्रका कारण सर्वसाधारणले आधारभूत आवश्यकता पूरा गर्न भोग्नुपर्ने कठिनाइ जस्ता विषयवस्तु पनि नाटकमा प्रस्तुत गरिएको छ।

असार १७ गतेदेखि मञ्चन सुरु भएको नाटकमा कलाकारहरु रिनेक्स बस्नेत, मीना पूर्णिमा, विवेक आचार्य, सगुन तामाङ्ग, मुकेश हमाल, समाइरा श्रेष्ठ, युवराज थापा मगर, सुजन भाई, सुदिश थापा मगर लगायतको अभिनय रहेको छ।

असार २९ गतेसम्म मञ्चन हुने नाटक बिहीबार बाहेक हरेक दिन साँझ ५ः१५ बजे र शनिबार दिउँसो १ बजे अतिरिक्त सो मञ्चन हुनेछ।

तस्वीरहरु:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved