सर्वोच्चको फैसलाले ट्रम्पलाई ठूलो राहत, कानुनी शासनको खिल्ली उडाएको राष्ट्रपति बाइडेनको प्रतिक्रिया

नेपालभ्युज

सर्वोच्चको फैसलाले ट्रम्पलाई ठूलो राहत, कानुनी शासनको खिल्ली उडाएको राष्ट्रपति बाइडेनको प्रतिक्रिया

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले केही हदसम्मको छुट दिने फैसला गरेको छ । सवोच्चको फैसलासँगै ट्रम्पले राहत महशुस गरेका छन् ।

क्यापिटल हिल दंगा मामिलामा फैसला गर्दै अदालतले ट्रम्पलाई केही हदसम्म इम्युनिटी (छुट) हुने फैसला गरेको छ । फैसलाका क्रममा ६ जना न्यायाधीशहरू पक्षमा र ३ जना विपक्षमा थिए ।

फैसलामा ट्रम्पलाई उनको आधिकारिक कामका लागि अभियोजनबाट छुट रहेको र उनका अनधिकृत कामका लागि भने कुनै छुट नहुने जनाइएको छ । सर्वोच्चले के काम आधिकारिक र अनधिकृत भन्ने छुट्याउने जिम्मा तल्लो अदालतलाई दिएको छ ।

राष्ट्रपति चुनावभन्दा पहिला आएको यो फैसलालाई ट्रम्पको ठूलो जीतको रूपमा हेरिएको छ । क्यापिटल हिल दंगा र २०२० को राष्ट्रपति चुनावको नतिजा उल्ट्याउन भएको ट्रम्पको मुद्दामा अब तल्लो अदालतमा सुनुवाइ हुनेछ ।

फैसलामा प्रतिक्रिया दिदै राष्ट्रपति जो बाइडेनले खतरनाक उदाहरण भएको जनाउँदै फैसलाले कानुनी शासनको मान्यतालाई कम आँकेको बताएका छन् । उनले यो फैसला अमेरिकीहरूका लागि डरलाग्दो विकृतिको रूपमा आएको समेत जनाएका छन् ।

ट्रम्पले भने यो फैसलाको स्वागत गर्दै प्रजातन्त्रको ठूलो विजय भएको बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved