नयाँ गठबन्धनलाई साथ दिनेहरु थपिँदै, राप्रपा र जसपा नेपालले पक्षमा मुख खोले

नेपालभ्युज

नयाँ गठबन्धनलाई साथ दिनेहरु थपिँदै, राप्रपा र जसपा नेपालले पक्षमा मुख खोले

काठमाडौं । संविधान संशोधनको एजेण्डासहित निर्माण भएको एमाले कांग्रेस गठबन्धनलाई साथ दिनेहरुले मुख खोल्न थालेका छन् । राप्रपा र जनता समाजवादी पार्टी नेपालले नयाँ गठबन्धनलाई साथ दिने बताएका हुन् ।

संविधान संशोधनको एजेण्डा आफुहरुको रहेको भन्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ गठबन्धनलाई साथ रहने बताए । संविधान सुधार गर्नेतर्फ अब बन्ने सरकार अघि बढे आफूहरूले विचार गर्ने लिङदेनको भनाई छ ।

त्यस्तो अवस्थामा आफूहरूले सरकारलाई समर्थन गर्न सक्ने उनले बताए ।

राप्रपाले पार्टीको आधिकारिक धारणा तय गर्न केन्द्रीय पदाधिकारीको बैठक बोलाएको छ । दिउँसो २ बजे बस्ने बैठकले पार्टीको धारणा सार्वजनिक गर्ने प्रवक्ता मोहन श्रेष्ठले बताए ।

प्रचण्ड नेतृत्वको सरकारमा जान ठिक्क परेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पछिल्लो परिवर्तित घटनाक्रममा टिप्पणी गर्दै आफुहरु यता न उताको भएको प्रतिक्रिया दिएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेकी छन् – धोवीका कुत्ता घरको न घाट । मधेस प्रदेशमा मुख्यमन्त्री पाएको जनमतले पनि अहिलेसम्म मुख खोलेको छैन ।

मधेस प्रदेशलाई छोडेर अन्य प्रदेशमा मात्र कांग्रेस एमालेबीच भागबण्डा भएकाले पनि जनमत नयाँ गठबन्धनसँगै रहन सक्ने देखिन्छ ।

रास्वपाले भने प्रधानमन्त्री प्रचण्डलाई अन्तिमसम्म साथ दिने बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved