सधैँभरि ठगेर झुक्याउन सकिन्न : भट्टराई

नेपालभ्युज

सधैँभरि ठगेर झुक्याउन सकिन्न : भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति सङ्केत गर्दै ठगीको अवधि सकिएको बताएका छन् ।

उनले पटक-पटक सत्ता समीकरण फेर्दै सरकारमा बसिरहनेहरूको म्याद सकिएको टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल एक्समा लेख्दै भट्टराईले भनेका छन्,”चर्चित भनाइ छ– केहीलाई सधैँभरि ठग्न सकिन्छ । सबैलाई केहीबेर ठग्न सकिन्छ; तर, सबैलाई सधैँधरि ठग्न सकिन्न । सन्दर्भ बुझौं !”

लामो समय प्रचण्डका सहयात्री बनेका भट्टराईले पटक-पटक प्रचण्डबाट धोका पाएको सन्दर्भलाई सामाजिक सञ्जालमा सार्वजनिक गरेका हुन् ।

उनै भट्टराईले गत चुनावमा प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र दिएर जिताएका थिए । बाबुराम प्रचण्डका जनयुद्धकालीन सहयोद्धा हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved