प्रधानमन्त्री प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने

भ्रष्टाचारविरुद्धको कारबाहीले आत्तिएर नयाँ समिकरण बनेको ठहर

नेपालभ्युज

प्रधानमन्त्री प्रचण्डले तत्काल पदबाट राजीनामा नदिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल पदबाट राजीनामा नदिने भएका छन् ।

नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन भएर नयाँ सरकार बनाउने सहमति भइसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने भएका हुन् ।

मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले संसद्को सामना गर्ने निर्णय गरेको उपमहासचिव गिरीराजमणि पोखरेलले जानकारी दिए ।

एक वर्ष यता सरकारले भ्रष्टाचारविरुद्ध गरेको कारबाहीको कारण आत्तिएर नयाँ गठबन्धन बनेको ठहर पार्टीले गरेको छ ।

साथै, पार्टीले अन्य राजनीतिक दलहरुसँगसमेत छलफल गर्ने भएको छ । संविधान संशोधनको बारेमा स्पष्ट धारणा बनाउन पनि पार्टीले माग गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved