बढ्यो यूरो र पाउण्डको मूल्य 

नेपालभ्युज

बढ्यो यूरो र पाउण्डको मूल्य 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक भएको छ । जसअनुसार यूरो र अमेरिकी डलरको मूल्य बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ८१ पैसा रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ ८२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ५६ पैसा रहेको छ । त्यस्तै, आज कतारी रियाल एकको विनिमय दर ३६ रुपैयाँ हुँदा कुवेती दिनार एकको मूल्य ४३५ रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved