एमाले-कांग्रेसबीच भएको सहमति प्राकृतिक र स्वाभाविक छैन : माओवादी केन्द्र

नेपालभ्युज

एमाले-कांग्रेसबीच भएको सहमति प्राकृतिक र स्वाभाविक छैन : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति प्राकृतिक र स्वाभाविक नभएको बताएको छ ।

मंगलबार बसेको पदाधिकारी बैठकपछि बोल्दै पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले यस्तो बताएका हुन् ।

‘अहिले जुन नयाँ समिकरणमा भएको सहमति भनिएको छ, त्यो त्यति प्राकृतिक र स्वाभाविक छैन । यसमा पार्टीले गम्भिरतापूर्वक अध्ययन गर्नेछ ।’ उनले भने ।

यसबारे सहकार्य गरिरहेको दलहरुसँग छलफल गर्ने सापकोटाले जानकारी दिए ।

उनले थप भने, ‘संविधानमा राम्रो अभ्यास नै भएको छैन, संविधानमाथि प्रश्नमा उठाउनु भित्र केही रहस्य छ ।’

साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गरेको उनले दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved