आँधीका कारण बार्बाडोसमा फस्यो भारतीय टोली

नेपालभ्युज

आँधीका कारण बार्बाडोसमा फस्यो भारतीय टोली

काठमाडौं । बेरील आँधीका कारण आईसीसी टी-२० विश्वकप विजेता टोली भारतीय टोली बार्बाडोसमा फसेको छ ।

टोली फाइनलको भोलिपल्टै स्वदेश फर्किने तयारी थियो । तर, आँधीका कारण टोली स्वेदश प्रस्थान गर्न नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रिपोर्टका अनुसार बीसीसीआईले चार्टर्ड उडानबाट टीम इण्डियालाई फिर्ता ल्याउने तयारी गरेको छ ।

पीटीआईका अनुसार टोली बुधबार साँझ ७।४५ बजेसम्म दिल्ली पुग्ने अपेक्षा गरिएको छ ।

यहाँ आएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले खेलाडीहरुलाई सम्मान गर्ने भएपनि त्यो कार्यक्रमको पुष्टि भने भएको छैन ।

एट्लान्टिक महासागरमा आएको बेरिल आँधीका कारण २ सय १० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेको छ ।

यो श्रेणी ४ को आँधी बार्बाडोसबाट करिब ५७० किलोमिटर पूर्व–दक्षिणपूर्वमा रहेको र यसका कारण विमानस्थलको उडान अवरुद्ध भएको छ ।

भारतीय टोली १७ वर्षपछि यस प्रतियोगितामा च्याम्पियन बनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved