कांग्रेस–एमाले मिलेर सत्ता चलाउन खोज्नु तानाशाही र लोकतन्त्रका लागि खतरा हो : एकीकृत समाजवादी

नेपालभ्युज

कांग्रेस–एमाले मिलेर सत्ता चलाउन खोज्नु तानाशाही र लोकतन्त्रका लागि खतरा हो : एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले कांग्रेस र एमालेबीचको सत्ता समीकरणलाई चरम अवसरवादको संज्ञा दिएको छ ।

सोमबार मध्यराति संसदको प्रमुुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रचण्ड नेतृत्वको सरकार प्रमुख घटक, संसदको दोस्रो ठूलो दल नेकपा एमालेबीच नयाँ सत्ता समीकरणबारे सम्झौता भएकोबारे सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले प्रतिक्रिया दिएका हुन् ।

सत्तामा सहभागी रहेको एकीकृत समाजवादी अहिले दशौँ राष्ट्रिय महाधिवेशनमा व्यस्त छ । महाधिवेशनस्थल कमलादीमा खतिवडाले भने, ‘संसदका ठूला दुई दल मिलेर सरकार बनाउनु तानाशाही प्रवृत्ति हो। बहुदलीय राजनीतिको अपचलन संस्कृति हो। मुलुकलाई अस्थिरताको चक्रब्यूहमा फसाउने काम हो।’

नेपाली कांग्रेस र एमाले मिलेर सत्ता चलाउने कुरा लोकतन्त्रका निम्ति पनि खतरा भएको उनले बताएका छन् । साथै यसले प्रणालीलाई कमजोर पार्ने भन्दै सत्ता सम्झौतालाई लिएर संविधान संशोधन गर्छौं भन्ने कुरा पनि आफूहरुलाई मान्ने नहुने खतिवडाले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved